Monday, November 2, 2015

न्ह्यु बज्राचार्य र श्वेता पुँजालीको बैंककमा सांगीतिक कार्यक्रम

बैंकक, कार्तिक ७। प्रख्यात संगीतकार न्ह्यु बज्राचार्य र हाल बैकंक बस्दै गरेकी नवगायीका श्वेता पुँजालीले बैंकक शहरमा एक सांगीतिक कार्यक्रम गरेका छन्।

न्ह्युले आफ्नो संगीतमा गाइएका "सय थरी बाजा एउटै ताल," "फुलको आँखामा फुलै संसार" र "त्यो मीठो सम्झना" लगायत गीतहरु गाएका थिए र श्वेताले हालै सार्वजनिक गरेकी आफ्नो पहिलो गीती संग्रह उडान बाट "कस्तो भेट," "अचम्मै लाग्यो मलाई" र "साङ्घुरो भो बाटो मेरो" लगायतका गीत हरू प्रस्तुत गरेकी थीइन्।

सो कार्यक्रममा श्वेताले आफ्नो दोस्रो गीती संग्रह मा समावेश हुने दुर्गालाल श्रेष्ठद्वारा रचित गीत "आउ न आउ" पनि गाएकी थीइन् जुन दर्शकहरुले निकै मन पराएका थिए । कार्यक्रमको अन्त्यमा न्ह्यु र श्वेताले न्ह्युकै संगीत भएको रामकृष्ण ढकालद्वारा गाइएको "ओराली लागेको" नामक गीतो डुएट प्रस्तुत गरेका थिए।

कार्यक्रममा बैंककस्थित नेपाली प्रवासी समाज का सदस्य, नेपाली राजदूतावासका अधिकृत तथा कर्मचारी, थाई तथा अन्य देशलगायतका नेपाली गीत मा रमाउने नागरिक हरुको सहभागिता रह्यो।

--

*/ कार्यक्रमको भिडियो श्वेताको YouTube च्यानल (www.youtube.com/c/shwetapunjalimusic) मा अपलोड गरिएको छ।
अधिक जानकारीका लागी www.facebook.com/shwetapunjali हेर्नु होला।

No comments: